Comments Add Comment

डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउँछौ : हुवावे प्रमुख

२७ असार, काठमाडौं । स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेका प्रमुख लियांग हुआले डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाका छन् ।

सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गर्न चीनको शेनजेंगमा आयोजित कार्यक्रममा हुआले यस्तो बताएका हुन् । कम्पनीले ग्राहकलाई विशेष महत्व दिएको र सामाजिक तथा आर्थिक विकासमा आफ्नो तर्फबाट गर्नुपर्ने योगदान दिन पनि तयार रहेको बताए ।

कम्पनीको सस्टेनेबल डेभलपमेन्ट इनिसिएटिभमा वातावरण सुरक्षा महत्वपूर्ण सहयोगी रहेको उनको भनाइ छ ।

भविष्यमा सञ्चार सञ्जालको लागि पर्याप्त ऊर्जा आवश्यक रहेको बताउँदै उनले कम ऊर्जाबाट धेरै डाटा पठाउन सकिने पावर प्रणालीमा कम ऊर्जा खपत गर्ने गरी प्रविधिको विकास गर्नुपर्ने उनले बताए । हुवावेको फाइभजीलाई हरित प्रविधि बनाउने पनि उनको भनाइ थियो ।

रिपोर्टमा सस्टेनेबिलिटीका चार रणनीति उल्लेख गरिएको छ । डिजिटल समावेश, सुरक्षा र विश्वसनीयता, वातावरणीय संरक्षण र स्वस्थ र मैत्री वातावरण रणनीतिलाई जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment