Comments Add Comment

मोबाइल एप र वेवसाइटबाट हवाई टिकट किन्दा छुट पाइने

२७ असार, काठमाडौं । बुद्ध एयरलाइन्सले मोबाइल एप र आफ्नो वेवसाईटबाट टिकट किन्ने ग्राहकलाई विशेष योजना ल्याएको छ । यो छुट बुध्दका आन्तरिक उडानहरुमा मात्र प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

बुद्ध एयरको मोबाइल एपबाट टिकट काट्न सक्ने सुविधा छ । मोबाइल एपमार्फत घरमै बसेर यात्रुले आन्तरिक गन्तव्यको टिकट खरिद गर्न सक्ने कम्पनीको भनाई छ । मोबाइल एपबाट उडानको जानकारी समेत प्राप्त हुने गर्छ ।

एममार्फत ग्राहकले भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यबारे पनि जानकारी लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । एयरलाईन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइल मै हेर्न सकिने सुविधा पनि राखिएको छ ।

एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ । नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ । बुद्धसँग अहिले साना–ठूला गरी १२ वटा जहाज छन् ।

बुद्धले आन्तरिकतर्फ काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ । बुद्धले कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण)को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ५ दर्जन वटा जति उडान भर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment