Comments Add Comment

मिस एशिया प्यासिफिककाे प्रायोजन किङ्गफिसरले गर्ने

२८ असार, काठमाडौं । ८० भन्दा ज्यादा देशहरुमा अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित तथा रुचाइएका ब्रान्ड भएका किङ्गफिसरले देशको प्रतिनिधित्व गर्न असाधारण प्रतिभाका खोजीमा दोस्रो मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल २०१९ को लागि मुख्य–प्रायोजन गरेको छ ।

प्रतिभा छनौटका ५१ औं संस्करणका रुपमा आयोजित मिस एसिया प्यासिफिकमा नेपाली प्रतिभाहरुका सहभागिता हुने छ । यस कार्यक्रममा किङ्गफिसर मुख्य–प्रयोजकका रुपमा रहने छ भन एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइ इ सि स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रुपमा
रहने छ ।

यस कार्यक्रमको आयोजना ग्रुप अफ इभेन्ट इन्टरटेनर्स प्रा.लिले गर्ने छ भने किङ्गफिसरको ब्राण्ड भ्यालू प्रस्तुत हुने विश्वास लिइएको कम्पनीले बताएको छ ।
किङ्गफिसरल निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई संगित, फैशन, खाना र खेलकुदका घटनाहरूसँग जोडिएकारोमाञ्चक तरिकाहरूमा संलग्न हुन उत्प्रेरित गर्दै आएका छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालमा यो दोस्रो वष आयोजना भइरहेका छ । यो वष अडिसनको लागि देशव्यापी रुपमा किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने छ र प्रतियोगीहरु मध्य अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमाडा ल्याइ सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा एक हप्ताको प्रशिक्षण समेत प्रदान गरिने छ र फाइनल प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment