Comments Add Comment

बाढी पहिरोको विपदप्रति पूर्वराजा दु:खी

२९ असार, काठमाडौं । बाढी पहिरोका कारण देशभर जनधनको क्षति भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनले राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा दुख व्यक्त गरेका हुन् ।

उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नुपर्ने पनि बताएका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपदका पीडितप्रति समवेदना र सहानुभूति व्यक्त गर्दै विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment