Comments Add Comment

कप्तान पारसले बाढी पहिरो प्रभावितमा समर्पित गरे उपाधि

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी-२० सिरिजको जित नेपालमा बाढी पहिरोमा ज्यान गुमाएका र प्रभावितहरुमा समर्पित गरेका छन् ।

दुई खेलको सिरिजमा २-० ले क्लिन स्विप गरेको नेपालका लागि यो राम्रो जित भएको कप्तान खड्काले जनाएका छन् ।

‘हामीले राम्रो जित पाएका छौँ । सबैको ठूलो योगदान रह्यो । समर्थनका लागि तपाइँहरु सबैलाई धेरै धन्यबाद’ कप्तान खड्काले ट्वीटमार्फत भनेका छन्, ‘हाम्रो जित बाढी पहिरोमा ज्यान गुमाएकाहरु र त्यसबाट प्रभावितहरुमा समर्पित गर्दछौँ । जय नेपाल ।’

मलेसियाविरुद्ध पहिलो खेल ७ विकेटले जितेको नेपालले दोस्रो खेल ६ रनले जितेको हो ।

मलेसियाबाट नेपाली टोली टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनल यात्राका लागि सिंगापुर जाने छ । ६ साउनदेखि सिंगापुरमा सुरु हुने प्रतियोगितामा नेपालसँगै सिंगापुर, मलेसिया, कुबेत र कतार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment