Comments Add Comment

पाकिस्तानका अलिम फाइनलमा रिजर्व एम्पायर !

२९ असार, काठमाडौं । पाकिस्तानका एम्पाएर अलिम डारले विश्वकप क्रिकेटको सेमिफाइनलपछि फाइनलमा पनि एम्पायरको भूमिका पाएका छैनन् ।

विश्वकप फाइनलमा उपाधिका लागि घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्डबीचमा प्रतिस्पर्धा गर्दै गर्दा एम्पायरको भूमिकामा दक्षिण अफ्रिकाका मराइस इरास्मुस र श्रीलंकाका कुमार धर्मसेनले खेलाउने छन् । यता, पाकिस्तानका एम्पायर अलिम डारको भूमिका भने रिजर्व एम्पायरको भूमिकामा राखिएको छ ।

उनी इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनलमा पनि रिजर्व एम्पायरको भूमिकामा थिए । दक्षिण अफ्रिकाका मराइस इरास्मुस र श्रीलंकाका कुमार धर्मसेनले अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनल खेलाएका थिए ।

योसँगै अलिमले लगातार दुई पटक विश्वकपको सेमिफाइल र फाइनल खेलको एम्पायर भूमिका निभाउनबाट बन्चित हुने भएका हुन् । यसअघि सन् २०१५ को विश्वकप क्रिकेटमा पनि सेमिफाइनल र फाइइनलको एम्पायर भूमिकामा थिएनन् ।

अलिमले २००७ र २०११ को विश्वकप क्रिकेटको फाइनल खेलको एम्पायर भएका थिए ।

अलिम सबैभन्दा धेरै टेष्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटक खेलाउने एम्पायरको रेकर्ड नजिक छन् । उनले अहिलेसम्म १२५ टेष्ट क्रिकेटमा एम्पायर गरिसकेका छन् । वेष्ट इन्डिजका स्टिभ बकनरले टेष्ट क्रिकेटमा १२८ खेलमा एम्पायर गरेका छन् ।

अलिमले एकदिवसीय क्रिकेटमा २०६ खेलमा एम्पायरको भूमिका निर्वाह गरेका छन् । उनी दक्षिण अफ्रिकाका रुडी करट्जनले राखेपको २०९ खेलको रेकर्ड नजिक छन् ।

एम्पयार करिअरमा उनले आईसीसी उत्कृष्ट एम्पायर अवार्ड तीन पटक जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment