Comments Add Comment

राहुलले नचाए आँचललाई

गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राइजिङ सन’मा समावेश एक गीतको भिडियो सार्वजनिक गरेका छन् । युटुबमा रिलिज भएको भिडियोमा अरुण क्षेत्री र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ ।

आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोको निर्देशन राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज छ । गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment