Comments Add Comment

भानुमा अब कानून पनि पढाइ हुने

२९ असार, चितवन । चितवनको सरकारी विद्यालय भानु माविले जिल्लामै पहिलो पटक कक्षा ११ र १२ मा कानून विषय पढाउने भएको छ । भरतपुर महानगरपालिका २१ मा रहेको यस विद्यालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा कानून विषय पढाउने भएको हो ।

विद्यालयका अध्यक्ष दिलिप न्यौपानेका अनुसार विद्यालयले कक्षा ११ मा कानून विषय पढाउने अनुमति महानगरपालिकाबाट लिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्ऽले माध्यमिक तह (कक्षा ११ र १२ मा) कानून विषय समावेश गरेपछि चितवनमा पहिलो पटक भानु मावि पहारिलोटारले यसको सम्बन्धन लिएको हो ।

विद्यालयले कक्षा ११ मा कानूनको लागि भर्ना सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले बताए । उनले भने, ‘पहिलो वर्ष हामीले एक सय विद्यार्थीहरुलाई भर्ना लिने लक्ष्य लिएका छौँ, साउन ५ गतेबाट कानूनको कक्षा नै सञ्चालन गर्ने योजना छ ।’ चितवन अदालतमा बहस गर्ने वकिलहरुले नै कानून विषय पढाउने विद्यालयले जनाएको छ ।

कानून विषय पढाउन केही चुनौती भएपनि जिल्लामा कानून विषय पढाउने पहिलो प्रयास गरिएको उनको भनाइ छ । कानून पढ्ने विद्यार्थीका लागि भरतपुरको कोर क्षेत्रमा यातायातको समेत सुविधा विद्यालयले दिने जनाएको छ ।

यो पनि पढ्नुहोस युवा नेतृत्वमा बुढो विद्यालयको कायापलट

न्यायालयका समस्यालाई समाधान गर्न न्यायपालिका र कानून मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानून पढेकै आवश्यक पर्ने भएकाले न्याय समन्वय समिति, कानून मन्त्रालयको सिफारिसमा राष्ट्रिय पाठ्यक्रम विकास केन्ऽले विद्यालय तहमा कानून पढाउन थालेको हो ।

पाठ्यक्रम विकास केन्ऽले तयार पारेको कानूनको पाठ्यक्रमअनुसार कक्षा ११ र १२ गरी दुई वर्षमा एक हजार पूर्णाङ्कको पाठ्यक्रममध्ये कानून संकायमा सात सय पूणर्ाङ्कको पाठ्यक्रम पढ्नुपर्छ ।

कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३०० पूर्णाङ्क र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक चार सय पूर्णाङ्क कानूनको विषय अध्ययन गर्नुपर्ने छ ।

कक्षा ११ र १२ मा कानून अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा कानून संकायमा अध्ययन गर्न पाउने अधिवक्ता जगन्नाथ भण्डारीले बताए ।

कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभइ विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको अधिवक्ता भण्डारीले बताए ।

भानु माविका प्राधानाध्यापक (प्रअ) विकास थापाका अनुसार एसईईमा न्यूनतम १.६ जीपीए ल्याएका विद्यार्थीहरुले कानून पढ्न पाउने छन् ।

प्रअ थापाका अनुसार विद्यालयमा सुर्खेत, उदयपुर, सर्लाहीलगायतका जिल्लाबाट कानून पढ्नको लागि भानु मावि पहारिलोटार आएको बताए ।

२०१८ सालमा स्थापना भएको यस विद्यालयले २०४१ मा निमावि र २०६३ मा माविको कक्षा चलाएको थियो ।

विद्यालयले गत वर्ष सिटिइभिटीको सम्बन्धनमा ४० जना विद्यार्थीलाई जुनियर कम्प्युटर टेक्निसियन पढाउँदै आएको छ ।

विद्यालयले कक्षा ११ मा शिक्षा विषय पनि पढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment