Comments Add Comment

भूवन र रीमाको ‘मिस्टर नेपाली’को छायांकन सकियो

देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’को छायांकन करिब ४५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा चलचित्रको छायांकन सकिएको र तिहारको छेकोमा रिलिज गर्ने जानकारी दिइएको हो ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । चलचित्रमा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । चलचित्रमा उनको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । नव–कलाकार साहिल र कुसुमले एउटा राम्रो चलचित्रमा काम गरेको सुनाए । चलचित्रका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले चलचित्रको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताएका थिए ।

यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment