Comments Add Comment

तिनाउको जलसतह खतरामाथि

३० असार,बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढी (जल सतह) ले खतराको तह पार गरेको छ ।

बाढीले खतरा तह पार गरेपछि मौसम पुर्वानुमान महाशाखाले तिनाउको तल्लो तटीय क्षेत्रका बासिन्दालाई मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

बुटवलमा तिनाउ नदी किनारमा सयौंकोे संख्यामा सुकुम्बासीका नाममा बस्ती बसेको छ । नदी बग्ने ठाउँ नै अतिक्रमण गरेर वस्ती बसेकाले वर्षायामका बेला तिनाउ किनारका वस्ती वर्षेनी जोखिममा पर्ने गरेका छन् ।

यस्ता वस्तीमा सरकारले सडक, विद्युत र खानेपानीको सेवा उपलब्ध गराएपछि नदी क्षेत्र अतिक्रमणको साटो बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment