Comments Add Comment

बोर्ड अध्यक्षको गुनासो–‘केही कलाकारले राष्ट्रपति भवनको गरिमा वुझेनन्’

भन्छन्–‘चलचित्र पुरस्कार राष्ट्रपति भवनबाट अब बाहिर आउँदैन’

चलचित्र विकास बोर्डले शुक्रबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विवादमा पर्यो । विशेषगरि, कलाकार सरोज खनालले बाथरुममा बसेको तस्वीर पोष्ट गरेसँगै ‘राष्ट्रिय चलचित्र पुरस्कार’का अन्य सकारात्मक कामहरु ओझेलमा परे ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले अनलाइनखबरसँग कुरा गर्दै भने–‘त्यो कोठमा अरु पनि कलाकार थिएँ । बाहिर पानी अविरल परेकाले बस्ने ठाउँ थिएन । यसैले, सबै कलाकार सानो कोठामा बस्नुपर्ने वाध्यता थियो । तर, उहाँले अन्य कलाकारलाई त्यो पोजमा बसेर तस्वीर खिचिदिन आग्रह गर्नुभएको रहेछ । उहाँको आग्रहलाई केही कलाकारले अस्विकार समेत गरेको वुझेको छ । उहाँ जस्तो कलाकारले पोज–पोजमा तस्वीर खिचाएर केही दिन त प्रचार राम्रै पाउनुभयो होला । तर, यसले पुरस्कार कार्यक्रम राम्रो भयो कि नराम्रो भन्ने दोधार दर्शकमा परेको छ ।’

यस्तै, बोर्ड अध्यक्षले नायिका करिश्मा मानन्धरको स्टाटसमा समेत चित्त दुखाए । उनले भने–‘करिश्माजी जस्तो कलाकारले राष्ट्रपति भवन र राष्ट्रपतिको घर कुन हो भनेर छुट्याउन नसक्नु आफैमा दुखद कुरा हो ।’

चलचित्र विकास बोर्डले वितरण गरेको पुरस्कार समेत विवादमा पर्यो । विशेषगरि, वि.सं २०७४ सालको पुरस्कारमा बढी विवाद देखियो । यस बिषयमा भट्टराइले भने–‘०७४ सालको त जुरीले गरेको निर्णय म आउँदा नै खामबन्दी थियो । अब, जुरीले गरेको निर्णयमा हामीले तलमाथि गरेको भए पो विवाद निम्त्याउन मिल्छ । जुरीले अघिल्लो बर्ष नै गर्नुभएको निर्णयमा हामीले पुरस्कार वितरण गरेका हौं ।’

उनले, ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा देखिएको विवादले आफूले केही पाठ सिकेको समेत स्पष्ट पारे । भट्टराई भन्छन्–‘मैले कार्यक्रमको दिनमा नै अबको पुरस्कार कार्यक्रम राष्ट्रपति भवन भन्दा बाहिर गर्ने सोच बनाएको थिएँ । तर, अब यो पुरस्कार कार्यक्रम राष्ट्रपति भवन भन्दा बाहिर निस्कदैन । बरु, हामी कलाकार–पत्रकारलाई कसरी प्रवेश गराउने र के–के मापदण्ड बनाउने भन्ने बिषयमा छलफल गरिरहेका छौ ।’

उनले पत्रकारहरुलाई पनि प्रेस काउन्सिलमा दर्ता भएको आधारमा मात्र प्रवेश पाश दिने स्पष्ट पारेका छन् । आफ्नो चलचित्र पाएको खण्डमा राम्रो, नत्र नराम्रो भन्ने प्रवृत्तीका कारण पनि केही चलचित्रकर्मीले अवार्डको विरोध गरेको भन्दै बोर्ड अध्यक्षले यसलाई आफूले सामान्य रुपमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment