Comments Add Comment

पौडी खेल्ने क्रममा डुबेर भोजपुरमा २ जनाको मृत्यु

१ साउन, भोजपुर । जिल्लाको आमचोक गाउँपालिका–२ स्थित यूँमा पोखरीमा डुबेर मंगलबार २ जनाको ज्यान गएको छ ।

आमचोक–१, वासिङ्गथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment