Comments Add Comment

लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ

१ साउन, वीरगञ्ज । शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वर्षीय राजु सिटौला पक्राउ परेका हुन् ।

शरीरमा लुकाएर लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बुधबार बिहान वीरगञ्ज महानगरपालिका-१६ भन्सार मुलगेटबाट पक्राउ परेका हुन् ।

उनको साथबाट डाइजेल्याब, नोफिन, फेनारगन १५/१५ गरी ४५ वटा ट्याबलेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment