Comments Add Comment

ऋचाको ‘सुपर गोर्खे’ रिलिज मिति तय

नायिका ऋचा सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘सुपर गोर्खे’को प्रदर्शन मिति तय गरिएको छ । हुनत, यो चलचित्रको प्रदर्शन मिति पहिलो पटक तय गरिएको होइन । चलचित्रको प्रदर्शन मिति बारम्बार तोक्दै पछि सारिएको थियो । अब, भने यो चलचित्र साउनको १० गतेबाट रिलिज हुने भएको छ ।

राज थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी, उत्तम बिष्ट, मनोज राइ लगायतको मुख्य भूमिका छ ।

सौरभ लामाको छायांकन रहेको चलचित्रलाई बनिश शाह र सालिक दुलालको सम्पादन छ । चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment