१ साउन, काठमाडाैं । नेपाल टेलिकलको स्थानीय टेलिफोन र पोष्टपेड मोबाइल फोनको मुल्य सस्तो भएको छ ।
आर्थिक विधेयक, २०७६ मा टेलिफोन जडान गर्दा ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमको स्थानीय टेलिफोन र पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको हो ।
अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ ।
यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्थ्यो ।
स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो। अब ६ सय ७८ रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ ।