Comments Add Comment

ट्रिपिएर एट्लेटीको मड्रिडमा अनुबन्धित

२ साउन, काठमाडौं । टोटनह्यामका किएरन ट्रिपिएर स्पेनिस क्लब एट्लेटीको मड्रिडमा अनुबन्धित भएका छन् ।

इंग्ल्यान्डका २८ वर्षीय राइट–ब्याक डिफेन्डर ट्रिपिएर एट्लेटिको मड्रिडमा २० मिलियन पाउण्डमा गएका हुन् । उनलाई एट्लेटिको मड्रिडले तीन वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो ।

बर्नलीबाट उनी सन् २०१५ मा टोटनह्याम आएका थिए । करिब चार वर्ष टोटनह्याममा बिताएका उनले ६९ खेल खेल्दै दुई गोल गरेका छन् ।

यो सिजनमा उनी एट्लेटिको मड्रिडको डिफेन्डरमा अनुबन्धित हुने तेस्रो खेलाडी बने । यसअघि डिफेन्स लाइनकै सेन्टर–ब्याकमा पोर्टो क्लबका फिलिपेलाई अनुबन्धन गरेको थियो । त्यस्तै, लेफ्ट–ब्याकमा रेनन लोडीलाई एट्लेटिको मड्रिड क्लबले भित्र्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment