Comments Add Comment

राष्ट्रपति आकर्षित गर्ने भाइरल ट्वीट, घोषणा भयो राष्ट्रिय छुट्टी

‘म सँग एउटा आइडिया छ ।’ यो हामीले भनिरहेको होइन, टर्कीका एकजना व्यक्तिले ट्वीटरमार्फत यो भनाइ व्यक्त गरे ।

त्यो वाक्य निकै सामान्य हो । तर त्यहीँ ट्वीटले उनलाई हिरो बनाइदियो ।

एनस साहिन नामका ती व्यक्तिको सो ट्वीट यति भाइरल बन्यो कि उक्त ट्वीटमा ५५ हजारभन्दा धेरै जनाले प्रतिक्रिया जनाए । त्यसको प्रभाव यति ठूलो भयो कि त्यसले सरकारको पनि ध्यानाकर्षण गर्यो र एउटा महत्त्वपूर्ण निर्णय गर्न सरकार बाध्य भयो ।

वास्तवमा साहिनले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘मसँग एउटा आइडिया छ । हामी राष्ट्रिय वृक्षरोपण दिवसको घोषणा किन नगर्ने । हरेक वर्ष हामी एक दिन बिदा लिन्छौं र वृक्षरोपण गर्दछौं । आउनुहोस् हामीले विश्वका लागि एउटा उदाहरण पेश गरौं र आउने पिँढीलाई हराभर देश सुम्पिऊ ।’

उनको त्यो ट्वीटमा टर्कीका राष्ट्रपति एर्दोगनले कमेन्ट गर्दै भनेका छन्, ‘एनस यो एक महान सोच हो । हामीले सदैव एक हराभरा टर्कीका लागि काम गरेका छौं र आगामी दिनमा पनि यसो गर्नेछौं । म र मेरा सहकर्मीहरु यो जिम्मेवारी लिन्छौं कि हाम्रो पनि एक राष्ट्रिय वृक्षारोपण दिवस होस् ।’

साहिनले पछि राष्ट्रपतिलाई धन्यवाद दिँदै लेखे, ‘राष्ट्रपति महोदय म निकै खुसी छु कि तपाईंले मेरो आह्वानमा जवाफ दिनुभयो । तपाईं सयौं हजार युवाहरुको आवाज हुनुहुन्छ, हामी आभारी छौं ।’

अन्ततः सरकारले वृक्षरोपणका लागि राष्ट्रिय बिदाको घोषणा गर्यो । सरकारी घोषणा हुनु अगावै साहिनको ट्वीटमा हजारौं मानिसले आफ्नो प्रतिक्रिया जनाइसकेका थिए । साथै उनी आफैं पनि वृक्षरोपणका लागि अघि बढिरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment