Comments Add Comment

समता अस्पताल प्रकरण : कलासहित तीन जनालाई धरौटीमा छाड्न आदेश

Photo Credit : अनलाइनखबर फाइल

२ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल र दुई जना कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अस्पतालकी कर्मचारी बिमला तामाङ ३ असारमा मै मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो तर, मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।

त्यसआधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा चलाएको थियो ।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको एकल इजलासले सन्जेल पत्नी कला तथा कर्मचारीद्धय तीर्थकुमारी श्रेष्ठ र संगीता केसीसँग जनही तीन लाख धरौटी मागेको थियो । धरौटी रकम बुझाउन नसकेकाले हिरासतमै रहेको प्रहरीले जनाएको छ ।

आज बिहीबार धरौटी रकम बुझाएर छुट्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment