Comments Add Comment

वर्षेनी २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री भित्रिन्छ नेपालमा

पोते, चुरा र मेहन्दी र टिकौली नै १३ करोडको आयात

२ साउन, काठमाडौं । हिन्दु महिलाहरुका लागि विशेष मानिने साउन महिना सुरु भएसँगै श्रृङ्गार सामग्रीको ब्यापारले बजार तातेको छ । प्रेम, सौभाग्य र पवित्रताका लागि साउन महिनाभरी नेपाली हिन्दु नारीहरु हरियो पोते, पहेँलो र रातो चुरालगायतका श्रृङ्गार सामग्रीमा सजिन्छन् ।

भन्सार विभागको तथ्यङ्क अनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत गरिएको छ । करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री नेपालमा आयात भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्ता श्रृङ्गार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार श्रृङ्गार सामग्रीमा चुरा, पोते, मेहन्दी, टिकौली, लिप मेकअप, आइ मेकअप, पाउडरलगायत पर्दछन् ।

नेपालमा आयात गरिने श्रृङ्गारका सामान भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार पोते र चुरा मात्रै ४ करोड ८४ लाखभन्दा धेरैको आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment