Comments Add Comment

लभ स्टोरी फिल्म बनाउँदै नीता (भिडियो)

‘मैले फिल्म क्षेत्रमा सम्बन्ध कमाएको छु, यसमै टेकेर फिल्म बनाउँछु’

नायिका नीता ढुंगानाले आफ्नै निर्माणमा चलचित्र ‘मःम हन्टिङ बनाउने चर्चा केही दिनयता चलिरहेको छ । तर, नीताले तत्काल यो चलचित्र नबनाउने भएकी छिन् । कलाकारको समय नमिल्दा यो चलचित्रको समय एक बर्ष पछि धकेलिएको छ । तर, यो कथामा उनले चलचित्र बनाउने भने बताइन् ।

तर, यो बिचमा नीताले नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । नीताले यसपटक लभ स्टोरी चलचित्र बनाउने बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्–‘नीताले चलचित्र कहिले बनाउलिन् भनेर मलाई विवादमा पनि तान्ने कोशिश गरियो । तर, अब २–३ महिनापछि लभ स्टोरी चलचित्रको छायांकन सुरु हुनेछ । उनले चलचित्रका लागि निर्माता नपाएपनि आफूले कमाएको रकम नै चलचित्रमा लगाउने बताइन् ।’

उनले अगाडि भनिन्–‘मैले अरु केही नकमाएपनि यो क्षेत्रमा सम्बन्ध कमाएकी छु । अरुलाई २ करोड लाग्ने चलचित्र म १ करोडमा सक्न सक्छु ।’ नीताले चलचित्रको नाम नजुरेको बताइन् । लभ स्टोरी चलचित्रका लागि सुहाउने नाम सुझाव दिन उनले दर्शकलाई समेत आग्रह गरेकी छिन् । उनले अगाडि भनिन्–‘अरु निर्माता ल्याएर भोली नीताले डुबाएर बदनाम गरि भनेर मलाई सुन्नु छैन । चलचित्र हिट वा फ्लप जे भएपनि मै भोग्छु ।’ उनी अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment