Comments Add Comment

सचिवालय बैठकअघि पूर्वमाओवादी नेताहरु छलफलमा

५ साउन, काठमाडौं । नेकपा सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।

यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए ।

नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको प्रचण्ड निकट स्रोतले बतायो ।

पूर्वमाओवादीले पाएका विभागहरुमध्ये अर्थ र प्रचारको जिम्मेवारी कुन नेताले पाउने भन्ने चासो छ । पार्टीको प्रवक्तासमेत भएकाले प्रचारको जिम्मा नारायणकाजी श्रेष्ठले पाउन सक्ने चर्चा छ । यद्यपि नारायणकाजीको नाम स्कुलिङ विभागमासमेत आए पनि त्यसमा पूर्वएमालेका ईश्वर पोखरेलले दाबी गर्दै आएका छन् ।

यसअघि पूर्व एमालेका नेताहरु पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए । पूर्वएमालेको भागमा परेको संगठन विभागको जिम्मा वामदेव गौतमलाई र विदेश विभागको जिम्मा माधव नेपाललाई दिने लगभग टुंगो लागिसकेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment