Comments Add Comment

सिटिजन्स बैंकको मूनाफा डेढ अर्ब, अधिकांश सूचकमा सुधार

५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एक वर्षमा करिब डेढ अर्ब रुपैयाँ मूनाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७६/७६ को वित्तीय विवरण सार्वजनिक गर्दै करिब डेढ अर्ब रुपैयाँ मूनाफा आर्जन गरेको जानकारी दिएको हो ।

बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद मूनाफा कमाएको छ । आर्थिक वर्ष २०७४/७५ यो बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ कमाएको थियो । एक वर्षको अवधिमा बैंकले २० प्रतिशतले नाफा बढाएको हो ।

निक्षेप संकलन तथा कर्जा लगानी पनि बैंकको राम्रो प्रगति देखिएको छ । एक वर्षको अवधिमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकका अनुसार यस अवधिमा ६२ अर्ब ९० करोड रुपैयाँ ऋण लगानी भएको छ । अघिल्लो वर्ष बैंकले निक्षेप ६० अर्ब ६९ करोड संकलन गरेको थियो भने ५५ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी १७.८९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १५.३७ रुपैयाँ थियो । बैंकको निस्कृय कर्जाको अनुपात १.१९ प्रतिशत मात्रै रहेको छ । कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत रहेको मात्रै रहेको छ भने बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment