Comments Add Comment

रोटरी क्लब अफ धनगढीको अध्यक्षमा ठाकुर चयन

५ साउन, कैलाली । रोटरी क्लब अफ धनगढीको वर्ष २०१९/०२० का लागि अध्यक्षमा हरिशंकर ठाकुर चयन भएका छन् । शनिबार साँझ धनगढीमा भएको पदस्थापन समारोहमा रोटरी क्लव जोन सेभेन्टिनका एसिस्टेन्ट गभर्नर गोपालप्रसाद न्यौपानेले अध्यक्ष ठाकुरलाई सपथ गराए ।

वर्ष २०१९/०२० का लागि अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष पुष्कर ओझा, प्रथम उपाध्यक्ष प्रेम खड्का, द्वितीय उपाध्यक्ष अनिता पन्त चयन भएका छन् । यस्तै सचिबमा भुवन भट्ट, सहसचिवमा ठेकेन्द्र जोशी, कोषाध्यक्षमा सुमित भट्ट, सह कोषाध्यक्षमा सुनिता खत्री रहेका छन् ।

क्लबको सर्जेन्ट आर्ममा भावना भट्ट, निर्देशकहरु डा. प्रतीक्षा सिंह राठौर, सूर्य गुरुङ, दीपकप्रसाद उपाध्याय, ललित बोहरा र प्रदीप जोशी चयन भएका छन् । त्यस्तै रोट्याक्ट कोर्डिनेटरमा भगवती बडाल, इन्ट्याक्ट कोर्डिनेटरमा भुवन जोशी र आगामी वर्षको अध्यक्षमा तोयाराज भट्ट चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment