Comments Add Comment

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : राणा

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै अध्यक्ष राणाले जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् ।

सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको बरु भ्रष्टाचार बढेको उनको आरोप छ । दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके उनले आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment