Comments Add Comment

मकवानपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जना पक्राउ

५ साउन, हेटौंडा । गाजा तस्करलाई नियन्त्रणमा लिन खोज्दा गएराती प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । मनहरि गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा गाँजा तस्करलाई नियन्त्रण गर्न खोज्दा राति साढे १२ बजे गोली हानाहान भएको हो ।

५/६ जनाको समूहले गाँजा तस्करी गरिरहेको सूचना पाएर गएको प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको थियो । तस्करको समूहले गोली चलाएपछि प्रहरीले गोली चलाएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । गोली चले पनि मानवीय क्षति भने भएको छैन । घटनामा प्रहरी सहायक निरीक्षक नवीन बिक्रम थापा घाइते भएका छन् ।

प्रहरीले राक्सिराङ गाउँपालिका–१ का ४३ वर्षीय कुमार भनिने राजु स्याङ्तानलाई पक्राउ गरेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, ५ राउण्ड गोली र करिब ३१ केजी ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

उनी यसअघि पनि लागुऔषधको कारोबारमना संलग्न भई सजाय पाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका स्याङ्तानलाई लागु औषध, हातहतियार खरखजना र ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता चलाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment