Comments Add Comment

राजपा संयोजकको जिम्मेवारी राजकिशोरलाई

५ साउन, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डल संयोजकको जिम्मेबारी राजकिशोर यादवले पाएका छन् ।

साउन ६ गते सोमबारदेखि यादवले संयोजकको जिम्मेबारी निर्वाह गर्नेछन् । अध्यक्ष मण्डल संयोजक अनिलकुमार झाको अध्यक्षतामा सोमबार जनकपुरधाममा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेबारी दिने निर्णय गरिएको छ ।

योसँगै राजपाका ६ जनै अध्यक्षले संयोजकको जिम्मेबारी निर्वाह गर्ने मौका पाएका छन् । पार्टी गठन भएपछि महन्थ ठाकुर संयोजकमा चयन भएका थिए भने त्यसपछि क्रमशः राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा संयोजक भइसकेका छन् ।

राजकिशोर यादव छैठौं संयोजक बनेका छन् ।

आगामी कात्तिकमा हुने पार्टीको महाधिवेशनबाट एकल अध्यक्ष कायम गर्नेमा नेताहरु एकमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment