Comments Add Comment

बाढी र डुवान प्रभावितलाई राहत वितरण

५ साउन, वीरगञ्ज । पर्सा र बारामा बाढी तथा डुबानबाट प्रभावित २ सय ४३ परिवारलाई राहत वितरण गरिएको छ । पोखराको गैरसरकारी संस्था असल छिमेकी नेपालले बाढी तथा डुबान प्रभावितलाई राहत विरण गरेको हो ।

पर्सामा १ सय १७ र बारामा १ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरिएको संस्थाका पर्सा प्रतिनीधि प्रेम घिमिरेले जानकारी दिए ।

उनका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १० नितनपुर नयाँबस्तीमा ४६ परिवार र वडा नं ८ रमौलीमा ८० परिवार त्यसैगरि वीरगञ्ज महानगरपालिकाका वडा नं १६ ईनर्वा पशुपतिनगरका ३९ परिवार र भुटनदेवी टोलका ७८ परिवारलाई राहत वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस डुवान समस्या समाधानका लागि बस्ती स्थान्तरणको माग

संस्थाले प्रति परिवार चामल एक बोरा, ३ किलो दाल, नुन एक प्याकेट, नुहाउने र लुगा धुने साबुन २/२ पिस, टुथपेष्ट २ सय ग्राम, टुथ ब्रस ५ वटा, सेनेटरी प्याड २ प्याकेट, ब्लयाङ्केट २ थान, झुल २ थान, ग्यास लाईटर र त्रिपाल राहत स्वरुप वितरण गरेको थियो ।

बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर दाताहरुबाट संकलित रकमबाट सामाग्री खरिद गरेर वितरण गरिएको असल छिमेकी नेपालका निर्देशक राजु अधिकारीले बताए । ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र डुबानले बनाएको घाउमा थोरै भएपनि मल्हम लाग्छ की भन्ने हो,’ उनले भने ।

स्थानीय प्रशासन र जनप्रतिनीधिसँग समन्वय गरेर बढी प्रभावित क्षेत्रमा राहत वितरण गरिएको उनको भनाइ छ ।

सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थितिमा राहत वितरण गरिएको असल छिमेकी नेपालले जनाएको छ ।

०७५ चैत १७ गते आएको हावाहुरी प्रभावित सुत्केरी गर्भवति लगायतलाई पनि संस्थाले विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment