Comments Add Comment

‘राजा साहेब’मा रमितको फेरिएको गेटअप

नायक रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को औपचारिक घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको थियो ।

चलचित्रको घोषणा कार्यक्रममा नायक रमित ढुंगाना फरक गेटअपका साथ प्रस्तुत भएका थिए । चलचित्रकै लागि उनले लामो कपाल र दाह्री पालेका छन् । रमितले कार्यक्रममा भने–‘राजा साहेब भन्ने वित्तिकै यो राजाको कथा होइन । आफूलाई राजा सोच्ने एक यूवाको कथा हो ।’

बिचल किराँतीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्ज्वल गिरी, टार्जन लगायतको मुख्य भूमिका रहनेछ । यो चलचित्रबाट सोनिका केसी र आइशा राइले नायिकाको रुपमा डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने चलचित्रमा शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक सुब्बा र भिम कार्की निर्माताको रहेको चलचित्रमा सिसम डाँगी सह–निर्माताका रुपमा छन् ।

निर्देशक राईकै लेखन रहेको चलचित्रमा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारदेखि चलचित्रको छायांकन सुरु हुनेछ । तिहारमा चलचित्र रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment