Comments Add Comment

दीलिपको ‘हेल्लो काँशीराम’

नायक दीलिप रायमाझीको मुख्य भूमिका रहने गरि चलचित्र ‘हेल्लो काँशीराम’को छायांकन सुरु गरिएको छ । कमेडी कथामा बन्न लागेको यो चलचित्रमा दीलिपको साथमा नवज्योती रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्रलाई रीम विश्वकर्माले निर्देशन गर्दैछन् । पूर्ण कमेडी कथामा चलचित्र बन्ने उनले जानकारी दिए ।

पीवी थापा सह–निर्माता रहेको चलचित्रलाई यम आले मगरले छायांकन गर्दैछन् । चलचित्रमा शंकर महर्जनको एक्सन रहनेछ । चलचित्रको छायांकन सेड्यूल २५ दिनको राखिएको छ । चलचित्रमा अर्जुन गुरुङ, उमेश राई, सरोज केसी, सुमन खाँडा लगायतका कलाकारको मुख्य भूमिका छ ।

नायक रायमाझी अमेरिकाबाट फर्किएर म्यूजिक भिडियोमा अभिनय गर्न पनि व्यस्त छन् । साथमा, उनले आफ्नै लगानीमा चलचित्र ‘लक्का जवान’ निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment