Comments Add Comment

वेष्ट इन्डिजको टिम घोषणा, सुनिल र पोलार्डलाई टिममा बोलाइयो

Photo Credit : इएसपीएन क्रिकइन्फो

७ साउन, काठमाडौं । भारतविरुद्ध टी-२० क्रिकेट सिरिज खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गरिएको छ ।

वेष्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार सुनिल नारिने र केइरन पोलार्डलाई टिममा बोलाउँदै १४ सदस्यीय टिमको घोषणा गरेको हो । कप्तानीको भूमिका भने कार्लोस ब्राथवइटले गर्नेछन् ।

विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट सिरिजमा भारत र वेष्ट इन्डिजले यही अगष्टमा खेल्दैछन् । तीन खेलको टी-२० सिरिजमा घरेलु टोली वेष्ट इन्डिजले भारतसँगको सिरिज जित्ने लक्ष्य बनाएको छ ।

एकदिवसीय विश्वकपको टिम बाहिर रहेका सुनिल र पोलार्डलाई टिममा बोलाइएको हो ।

भारतविरुद्ध पहिलो टी-२० क्रिकेट खेल अगष्ट ३ वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अगष्ट चारमा दोस्रो र ६ तारिखमा भारत वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेल खेल्दैछन् ।

वेष्ट इन्डिज टिम

कार्लोस ब्राथवइट -कप्तान), एन्थोनी ब्राम्बल, जोहन क्याम्पबेल, शेल्डन कट्रेल, शिमरन हिटम्यार, इभिन लेविस, सुनिल नारिने, किमो पाउल, ख्यारी पिइरे, केइरन पोलार्ड, निकोलस पुरन, रभमन पावेल, एन्ड्रे रसेल, ओशान थोमस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment