Comments Add Comment

ट्रम्पको अफरमा भारतको आपत्ति, इमरान आश्चर्यमा

काठमाडौं । कश्मीर मुद्दालाई लिएर भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिमा भारतले आपत्ति जनाएको छ ।

ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भएको भेटमा यो प्रस्ताव राखेका थिए । उनको दाबी छ, यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुझाव अनुसार हो ।

तर भारतीय विदेश मन्त्रालयले यसको खण्डन गरेको छ ।

मंगलबार भारतीय राज्यसभालाई सम्बोधन गर्दै विदेशमन्त्री एस जयशंकरले भनेका छन्, ‘म पुरा जिम्मेवारीका साथ भन्छु कि प्रधानमन्त्री मोदीको तर्फबाट अमेरिकी राष्ट्रपतिलाई कुनै अनुरोध गरिएको छैन ।’ उनले यो पनि भनेका छन् कि भारतको धारणा प्रष्ट छ ‘शिमला’ सम्झौता र लाहौर घोषणाअनुसार कश्मीर मुद्दा भारत र पाकिस्तानले मिलेर निर्णय लिन सक्छन् ।

उनको प्रष्ट सन्देश थियो, कश्मीर मुद्दामा अमेरिका वा अर्को कुन देशको मध्यस्थता आवश्यक छैन ।

२ जुलाई १९७२ मा भएको ‘शिमला’ सम्झौतामा दुबै देशमा नियन्त्रण रेखाको सम्मान गर्ने उल्लेख छ । तर १९९४ मा भारतको संसदले सर्वसम्मत रुपमा प्रस्ताव पास गर्दै कश्मीरलाई भारतको अभिन्न अंग मानियो, जसमा पाकिस्तान शासित कश्मीरलाई पनि भारतकमो अभिन्न अंग मानिएको छ ।

फेरि संसदले २०१४ मा यस्तै गर्‍यो ।

इमरान खान आश्चर्यमा

अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थता प्रस्तावमा भारतले जनाएको प्रतिक्रियाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने आश्चर्य व्यक्त गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘अमेरिकी राष्ट्रपति ट्रम्पको कश्मीर विवाद समाधानका लागि भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने अफरमा भारतको प्रतिक्रियाले आश्चर्यमा छु ।’

‘यो विवादले भारतीय उपमहाद्वीपलाई ७० वर्षदेखि गाँजेको छ । कश्मीरको कयौं पिढी प्रभावित भए र उनीहरु दैनिक प्रभावित छन् । उनीहरुलाई समाधान चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment