Comments Add Comment

इंग्ल्यान्ड ८५ रनमै अलआउट ! आयरल्यान्डको सनसनीपूर्ण प्रदर्शन

८ साउन, काठमाडौं । क्रिकेट जगतमा उदीयमान देश आयरल्यान्डले टेष्ट क्रिकेट खेलमा इंग्ल्यान्डविरुद्ध सनशनीपूर्ण प्रदर्शन गरेको छ ।

क्रिकेटको ‘मक्का’ भनेर चिनिने लर्ड्समा जारी टेष्ट क्रिकेटको पहिलो पारीमा आयारल्यान्डले इंग्ल्यान्डलाई ८५ रनमै अलआउट गरेको छ । यो आयरल्यान्डको लागि इतिहासकै ठूलो उपलब्धि हो भने इंग्ल्यान्डको लागि नमिठो पारी ।

घरेलु टोली इंग्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्दै २३.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन् । जोइ डेन्लीले २३, ओली स्टोनले १९ र साम कुरानले १८ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन नपाउँदै आउट भए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आयरल्यान्डका टिम मुर्टाघले पाँच विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै, मार्क एडइरले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment