Comments Add Comment

‘साहो’सँग ‘कबड्डी कबड्डी कबड्डी र मारुनी’को भिडन्त

नेपाली चलचित्र निर्माताहरुमा बलिउडको चलचित्रको हाउगुजी कती छ भन्ने कुरा साउथको चलचित्र ‘साहो’को रिलिज डेट सर्दा भएको खेल हेर्दा पनि हुन्छ । ‘साहो’का कारण ‘हजार जुनी सम्म’ कहिले यता त कहिले उता भयो । अब, साउथ चलचित्र भदौको १३ गते रिलिज हुने भएको छ । यो मितिमा यसअघि नै २ नेपाली चलचित्र ‘मारुनी र कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने पक्का छ । यस्तो अवस्थामा, ३ वटा चलचित्रले बक्स अफिसमा भिडन्त गर्नेछन् ।

‘साहो’को भय नेपाली चलचित्र बजारमा निकै छ । तर, तीजको बिदाका कारण २ नेपाली चलचित्र पनि पछि सर्ने संभावना कम छ । ‘कबड्डी कबड्डी कबड्डी’ आफैमा एउटा ब्रान्ड बनाउन सफल चलचित्रको तेश्रो सिरिज हो । ‘मारुनी’को कथावस्तु महिला केन्द्रित भएकाले पनि यसको निर्माणपक्ष यो मिति छाड्ने मुडमा देखिएको छैन ।

यस्तो अवस्थामा हलमा नेपाली चलचित्रले कती शोज पाउलान् भन्ने प्रश्न पनि छ । नेपाली चलचित्रलाई पछिल्लो समय हलिउडको समेत थ्रेट बढेको छ । बलिउड चलचित्रको चेपुवामा त नेपाली चलचित्र सधै पर्दै आएका छन् । अर्कोति, राम्रो डेटमा नेपाली चलचित्र जुध्नु घटना त नयाँ नै भएन । बलिउडको जे सुकै होस्, आफै आफै जुधौ भन्ने सोच समेत नेपाली चलचित्र मेकरमा लामो समयदेखि रहँदै आएको छ ।

यस्तो अवस्थामा भदौ १३ को भिडन्त रोचक हुने त निश्चित छ । तर, शोजको राजनीतिमा कुन चलचित्र पर्ने हो, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment