Comments Add Comment

तिहारमा ‘पोई पर्यो काले’सँग ‘घामट शेरे’ ?

यो बर्षको तीज र दशैमा मात्र होइन, तिहारमा पनि नेपाली र बलिउड चलचित्रको भिडन्त कसिलो हुने देखिएको छ । तर, यो विचमा यी मुख्य चाडमा नेपाली चलचित्रविचकै भिडन्त पनि रोचक हुँदैछ । तिहारलाई लक्षित गरेर कात्तिक ८ गते चलचित्र ‘पोई पर्यो काले’ले प्रदर्शन मिति तय गरेको थियो । शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

यो मितिमा बलिउड चलचित्र ‘हाउसफूल ४’ पनि रिलिज हुँदैछ । तर, यो मितिमा असोज ३ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘घामट शेरे’ रिलिज हुने चर्चा छ । हेमराज वीसीको निर्देशनमा बनेको यो चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

‘घामट शेरे’को निर्माणपक्षले अहिलेसम्म कुनै पनि मिति औपचारिक रुपमा घोषणा गरेको छैन । तर, तिहारमा यो चलचित्र पनि रिलिज भयो भने ‘हाउसफूल ४ र पोई पर्यो काले’को व्यापारलाई केही हदसम्म असर गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment