Comments Add Comment

तीन महिनादेखि तलब नपाएकी चेलीको उद्दार

युएई । कम्पनीले तीन महिनादेखि तलव नदिएर कामबाट निकालेपछि समस्यामा परेकी नेपाली चेलीको उद्दार गरिएका छ ।

रसअलखेमास्थित एक कम्पनीमा कार्यरत झापा सुरुङ्गाकी ३४ वषर्ीया शोभा न्यौपानेलाई उद्धार गरी नेपाली दूतावासको संरक्षणमा ल्याइएको हो । उनी एकवर्षअघि काठमाडौंको पर्फ]{ट रिक्वीटिङ्ग सर्भिस प्रालीमार्फत क्लिनर काममा युएई आएकी हुन् ।

तर आफू कार्यरत कम्पनीले तलव सुविधा रोकेको र पछिल्लो एक महिनादेखि काममा नलगाई वेवरिसे बनाएको पीडित महिलाको गुनासो छ । घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै आलटाल गरेका थिए ।

गृह जिल्लाका व्यक्तिहरुमार्फत उनको समस्या एनआरएन आबुधाबी क्षेत्रीय समितिमा आइपुगेको थियो । एनआरएन आबुधाबी क्षेत्रीय समितिका पूर्व सहसचिव फडिन्द्र ढकाल रोशनको पहलमा शुक्रबार रसअलखेमाबाट उद्धार गरिएको हो । उनी कम्पनीको क्याम्प छोडेर साथीको कोठामा बस्दै आएकी थिइन् ।

पीडित महिलाले कम्पनीबाट पाउनुपर्ने तलव सुविधा दिलाई घर फर्काइदिन माग गदै दूतावासमा निवेदन दिएकी छिन् । दूतावासले सम्बन्धित कम्पनीलाई उनको पासपोर्ट र पाउनुपर्ने सेवा सुविधा तत्काल उपलब्ध गराउन भनेको छ ।

दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुषालले सम्बन्धित कम्पनी र उनलाई पठाउने मेनपावर कम्पनीलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएका छन् । पीडित महिला अहिले दूतावासको सेल्टरमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment