Comments Add Comment

धुमधामसँग किन गरियो गधाको बिहे ?

पहिले ब्याण्ड बाजा अनि फेरि आतिशबाजीसँगै गधाको एक जोडीको बिहे । यो सुन्दैमा अनौठो लाग्दछ, तर सत्य घटना हो ।

छिमेकी मुलुक भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । गधाको बिहे गराइदिनुको कारण निकै अनौठो छ ।

वास्तवमा तेलंगानामा मानिसहरु कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका छन् । त्यसैले वषर्ात्को कामना गर्दै उनीहरु यस्ता यस्ता अनुष्ठानहरु गर्न थालेका छन् । गधाको बिहे गरिदिएपछि जलदेवता खुसी हुने र भारी वर्षात् हुने विश्वास मानिसहरुमा छ । चार वर्ष पहिले पनि त्यहाँ गधाको बिहेपछि प्रसस्तै पानी परेको थियो । यो पटक पनि गधाको बिहेले वर्षात् हुने विश्वास उनीहरुमा छ ।

गाउँलेहरुका अनुसार द्वापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट पार पाउनका लागि गधाको पाउ छोएका थिए । सोही किम्बदन्तीका आधारमा गधाको पाउ छोएर कन्यादान गरेमा शुभ हुने र समस्या हट्ने आम विश्वास छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment