Comments Add Comment

सुशिलको विश्राम, ‘लभ डायरीज’मा लाग्ला त काम ?

नायक सुशिल श्रेष्ठले चलचित्र ‘होस्टेल रिटन्र्स’बाट चलचित्र क्षेत्रमा इन्ट्री गरे । सुशिलको शरीरको राम्रो प्रशंसा भयो । तर, सुशिल अपेक्षाकृत रुपमा चल्न सकेनन् । सुशिलले पर्दामा केही समय विश्राम लिए । उनी, आफूले केही समय ग्याप लिएर नै चलचित्रमा काम गरेको बताउँछन् ।

सुशिल अभिनित चलचित्र ‘लभ डायरीज’ असोज ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा सुशिलले रुविना थापासँग रोमान्स गरेका छन् । चलचित्रका निर्देशक सौरभ चौधरी सुशिलको कामको प्रशंसा गर्छन् । सुशिल पनि यो चलचित्रबाट आफूले अपेक्षा धेरै गरेको बताउँछन् ।

यो चलचित्र अब असोज ३ मै रिलिज हुन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’सँग प्रतिस्पर्धा गर्दैछ । चलचित्रका निर्देशक चौधरी आफ्नो चलचित्र अब कुनै पनि हालतमा नसर्ने बताउँछन् । उनले भने–‘१० वटा चलचित्र नै रिलिज भएपनि अब हामी पछि सर्दैनौ ।’

चलचित्रको कथावस्तु अत्यन्त राम्रो रहेकाले दर्शकले रुचाउने विश्वास उनको छ । चलचित्रको प्रदर्शन मिति बारम्बार सर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment