Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’ सर्दा ‘मारुनी’लाई कती फाइदा ?

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ भदौको १३ गतेबाट असोजको ३ गते पुग्यो । ३ हप्ता पछि यो चलचित्र सर्नुको पछाडि वितरकको स्वार्थ र हिन्दी चलचित्रमाथि वितरकको मायाले काम गरेको छ । तर, यो चलचित्र सर्दा यही मितिमा रिलिज हुन लागेको अर्को चलचित्र ‘मारुनी’लाई भने ठूलै राहत मिलेको छ ।

किनकी, चलचित्र निर्माणको घोषणादेखि नै ‘मारुनी’को निर्माणपक्ष भदौ १३ मा अडिग थियो । यो मितिमा साउथको चलचित्र ‘साहो’ रिलिज हुँदैछ ।

नवल नेपाल निर्देशित तथा पूनम गौतम निर्मित चलचित्र ‘मारुनी’ अब यो मितिमा रिलिज हुने एउटा मात्र नेपाली चलचित्र हो । ‘कबड्डी कबड्डी कबड्डी’सहित ३ चलचित्र रिलिज भएको भए मल्टिप्लेक्स र सिंगल दुबै हलमा ‘मारुनी’ चेपुवामा पर्ने थियो । तर, मल्टिप्लेक्समा साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडमका कारण पनि ‘मारुनी’ले केही बढी शोज पाउन सक्छ ।

शोज बढी पाएको अवस्थामा तीजमा दर्शकको चाहना नेपाली चलचित्रमाथि नै बढी हुन्छ । जसको फाइदा, ‘मारुनी’ले उठाउन सक्छ । अर्कोतिर, ‘मारुनी’ महिला केन्द्रित कथामा बनेको छ । हलमा महिला दर्शकको चाप उच्च हुने विश्वास यसकारण पनि गर्न सकिन्छ ।

काठमाण्डौ भित्रका हलमा ‘साहो’का्े प्रभाव केही बढी परेपनि मोफसलमा भने ‘मारुनी’लाई ठूलो असर नपर्न सक्छ । किनकी, एक्सन जनराको ‘साहो’माथि महिला दर्शकको आँखा ‘मारुनी’को भन्दा कम जाने विश्वास गर्न सकिन्छ ।
यसैले, चलचित्रलाई नवल नेपालले भने जस्तै मुटु छुने बनाइएको छ भने ‘मारुनी’का निर्माताले यसपटक राहतको श्वास फेर्न सक्छन् । तर, यसका लागि कलाकारको साथ र कथावस्तुमा दम भने आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment