Comments Add Comment

किन विवादित बन्दैछ रीमा र आर्जनको ‘घाटी भन्दा तल’ ?

आर्जन पाण्डेको स्वरमा समावेश ‘घाटी भन्दा तल’ बोलको गीत अहिले विवादित बनेको छ । गीतमा महिलाको शरीरलाई नकारात्मक रुपमा बर्णन गरिएको भन्दै यो गीतको विरोध भएको हो । केही नेपाली चलचित्रका कलाकारले समेत गीतमा आपत्ती जनाइरहेका छन् ।

प्रतिक पौडेलको संगीतमा तयार भएको यो गीतमा आर्जन र नायिका रीमा विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोको मेकिङ राम्रो छ ।

दि झोले क्रियशनको छायांकन र कन्सेप्टमा तयार भएको भिडियोमा एस्ट्रो झोलेको निर्देशन छ । यस्तो गीतको भिडियोमा काम गरेको भन्दै नायिका रीमा विश्वकर्माको समेत आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment