Comments Add Comment

यस्तो देश, जहाँ कसैले मासु काट्न चाहँदैन

जर्मनीमा निकै प्रयोग हुने परिकार मध्ये ससेजको स्थान अग्रस्थानमा आउँछ । तर ब्राटउस्र्ट भनिने विशेष खालको ससेज बनाउने परम्परागत कला चाहीँ छिट्टै नै एकादेशको कथा बन्ने खतरा बढेको छ ।

जर्मनीमा पछिल्लो समयमा मासु पसल तथा पशु बधशालाहरु बन्द भैरहेका छन् । पछिल्लो दुई दशकमा जर्मनीमा मासुका पसलहरुको संख्या आधाले घटेको छ ।

जर्मन बुचर्स एसोसिएसनका अनुसार सन् १९९८ मा जर्मनीमा २१ हजार १६० वटा मासुका पसल थिए । सन् २०१८ मा आइपुग्दा त्यो संख्या १२ हजार भन्दा पनि कम भएको छ ।

बर्लिनमा बस्ने ३७ लाख मानिसका लागि केवल १ सय ८ वटामात्रै मासु पसल छन् । जबकी केन्द्रीय प्रान्त थुरिंगियामा चाहीँ साढे २१ लाख जनसंख्याका लागि ४ सय जति मासु पसल छन् ।

त्यस्तै दक्षिणी प्रान्त बाभारियामा एक करोड ३० लाख जनसंख्याका लागि केवल ३३ सय मात्र मासु पसल रहेका छन् ।

बिक्री बढ्यो, रुचि घट्यो

पशु बधशाला वा मासु पसलहरु बन्द हुनुसँग मुनाफाको कुनै सम्बन्ध छैन । बुचर्स एसोसिएसनका अनुसार जर्मनहरु अहिलेपनि परम्परागत रुपमा बनाइएको मासुका उत्पादनहरु निकै रुचीपूर्वक खरीद गर्दछन् ।

पछिल्लो दुई दशकमा मासुका पसलहरुको औषत वार्षिक आयमा ६० प्रतिश भन्दा धेरैले वृद्धि भएको छ र सन् २०१८ मा यो आँकडा १४ लाख युरो नाघेको छ ।

आखिर माग यसरी उच्च हुँदापनि जर्मनीमा पशु बधशाला तथा मासु पसलहरु किन बन्द भैरहेका छन् त ?

बर्लिनका पूराना मासु व्यापारी जर्ग लिटगासँग यसको सिधा जवाफ छ । उनका अनुसार युवा पुस्तामा यो पेशाले आकर्षण पैदा गर्न सकेको छैन । यो मेहेनतको काम हो र अब यो काम कसैले गर्न चाहँदैन ।

सन् १९९५ देखि लिटगाले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनको परिवारले पाँच पुस्ताअघि देखि मासुकै उत्पादन तथा व्यापार गर्दै आएको छ । उनी बिहानै साढे ४ बजे उठ्दछन् । पसलको पछाडि उनको मासु उत्पादन स्थल छ, जहाँ उनी हरेक दिन १४ घण्टा बिताउँछन् ।

त्यहाँ ससेज बनाउने पारिवारिक मसालाबाट मासुको उत्पादन तयार गरिन्छ । उनी भन्छन्, ‘हामी आफैले मसालाको मिश्रण तयार गर्दछौँ । केही अन्य पसलहरुल्े बनिबनाउ मसलाको पनि प्रयोग गर्ने गरेका छन् । तर हामीकहाँ त्यस्तो चिज पाइँदैन ।’

एउटा शान्त गल्लीमा रहेको उनको पसल अगाडि उनको मेहेनत झल्किरहन्छ । गोमांशका मिलाएर काटिएका टुक्राहरु अनि सुगुरको मासुबाट तयार गरिएका र खुर्सानीको धुलोका कारण रातो बनेका ससेज ।

उनको हजुरबा भन्दापनि अगाडिको पुस्तादेखि नै परिवारको खान्दानी पेशा यहीँ नै रह्यो । तर अब उनको परिवारमा उनीपछि यो काम गर्न कोहीपनि चाहँदैन । परिवारमा मात्र होइन नातेदारहरु पनि यो मासुको काममा लाग्न चाहँदैनन् । त्यसैले आफुले काम गर्न छाडेसँगै परिवारको परम्परा नासिने चिन्ता उनलाई छ ।

यो परिवर्तन जर्मनीको राजधानी बर्लिनमा मात्र सिमित छैन । जर्मनीमा हाल दुई तिहाइ मासु पसलेहरु ५० वर्षभन्दा माथिको उमेरका छन् र उनीहरुको कामको बिँडो थाम्ने नयाँ पुस्ता छैन ।

तीन वर्षसम्म सञ्चालन हुने मासु उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुनेहरुको संख्या निके घटेको छ । उक्त प्रशिक्षणमा प्राविधि शिक्षाका साथै व्यवहारिक प्रशिक्षण पनि दिइन्छ ।

बुचर्स एसोसिएसनका अनुसार जर्मनीमा सन् १९९९ मा १० हजार भन्दा धेरै प्रशिक्षार्थीले यस्तो तालिम लिन्थे । तर सन् २०१७ मा आउँदा यो संख्या घटेर ३ हजारमा झरेको छ ।

मासुको पसलमा सेल्सम्यान बन्नका लागि पनि तिन वर्षको तालीम आवश्यक हुन्छ । उक्त तालीम लिने मानिसको संख्यामा पनि कमी आएको छ ।

सन् १९९९ मा झण्डै १४ हजार यस्ता प्रशिक्षार्थी सेल्सम्यान थिए भने सन् २०१७ मा घटेर ३ हजार ७ सयमा झर्यो ।

अहिले पशुपालन फार्म देखि पशु बधशाला र मासु पसलमा चाहिने जनशक्तिको समेत अभाव भएको व्यवसायी बताउँछन् । यसबाट राजधानी बर्लिन सबैभन्दा प्रभावित भएको छ ।

सन् २०१४ मा जर्मन बुचसै गिल्डले सहरमा रहेको एकमात्र प्राविधिक बुचरी कलेजमा पढाउने काम बन्द गर्ने घोषणा गरेको थियो । किनकी २४ वर्षअघि वार्षिक १२ सय ५० जना विद्यार्थी रहेको उक्त विषयमा सन् २०१८ मा जम्मा १ सय ४५ जनामात्रै विद्यार्थी थिए ।

यो पेशामा नयाँ युवा आकर्षित गर्नका लागि तलब सुविधामा वृद्धि एउटा मुख्य उपायको रुपमा रहेको शोधकर्ताहरुको भनाई छ ।

बर्लिनमा यस्ता प्रशिक्षार्थी कामदारले महिनामा ७ सय युरोसम्म कमाउन सक्दछन् । जबकी अन्य पेशामा तलब सुविधा यो भन्दा निकै राम्रो छ ।

तर मासु पसलेका परम्परागत ज्ञान तथा व्यवसायलाई बचाउनका लागि केवल नगद मात्र काफी छैन । एज्ेन्सीको सहयोगमा

खाद्य अभियानकर्मी तथा बर्लिनको मासु पसल कम्पेल एण्ड क्यू का सस्थापक हेन्ड्रिक हासेका अनुसार यो क्षेत्रप्रति मानिसहरुको धारणामा परिवर्तन ल्याउनु आवश्यक छ।

‘अहिले मानिसहरु धेरै जान्ने भएका छन् । खानेकुराहरुको बारेमा पनि कैयन् प्रश्न गर्दछन् । के मासु खानु ठीक हो ? यसको जलवायुमा कस्तो असर हुन्छ ? जनावर कहाँबाट ल्याइन्छ ?’

यी विषयमा सार्थक बहसमा सामेल भएमा मांशाहार छाडिरहेको समाजमा यो परम्परालाई जिवित राख्नमा सहयोग पुग्नेछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment