Comments Add Comment

तीज माइती मेलामा निश्चल र स्वस्तिमालाई सम्मान गरिने

तीज पर्वको अवसर पारेर ‘तीज माइती मेला तथा सम्मान २०७६’को आयोजना हुने भएको छ । ललित ब्यूटिसियन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा तीज दिनसम्म यो कार्यक्रम आयोजना हुनेछ ।

आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालका अनुसार साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ ।

यो कार्यक्रममा नेपाली चलचित्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आर्दश जोडी सम्मान २०७६ु बाट निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई प्रदान गरिनेछ । सम्मानसँगै तीज माइती मेलाु कार्यक्रममा स्टल, नाचगान, कस्मेटिक, लोकदोहोरीलगायत पनि हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment