Comments Add Comment

कलंकी प्रकरणः छिमेकीको लाइसेन्स प्राप्त हतियारबाटै गोली प्रहार ?

Photo Credit : साङ्केतिक तस्वीर

१४ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो ।

महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने ।

प्रहरीका अनुसार उनको साथबाट दुई थान हतियार र ५० राउण्ड गोली बरामद भएको छ । तर, ती हतियारको लाइसेन्स उनीसँग छ ।

प्रारम्भिक अनुसन्धानले दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको थियो । खनालको हतियारबाट गोली चलेको हो/होइन भन्ने चाहिँ वैज्ञानिक जाँचबाट मात्र खुल्छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘सामाखुशीमा रहेको हाम्रो ल्याबमा हतियार परीक्षणका लागि पठाउँछौं । त्यसपछि गोली चलेको थियो/थिएन भन्ने पुष्टि हुन्छ ।’

अहिले प्रहरीले खनालको थप बयान लिने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment