Comments Add Comment

गोरखाको धुवाकोटमा एनसेल टावर आगजनी

१६ साउन, गोरखा । जिल्लाको पालुङटार नगरपालिका–८ धुवाकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहले वुधवार राती ११ बजे टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

जेनेरेटर र पावर सप्लाइको तारमा क्षति पुगेको छ । ‘नेटवर्कले काम नगरेपछि बिहीबार विहान प्राविधिक टावरमा पुगेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने, ‘जेनेरेटरमा आगजनी भएको थाहा पाएपछि हामीलाइ खबर गरे ।’

टावरमा क्षति भएपछि त्यस क्षेत्रमा अहिले एनसेल नेटवर्कममा समस्या देखिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको एसपी अधिकारीले बताए ।

‘देशको बिभिन्न ठाउँमा एनसेलको टावरमा क्षति पु¥याइएको छ, विप्लवले हो भन्ने आशंका गरेका छौ । सुरक्षा सतर्कता पनि बढाएका छौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment