Comments Add Comment

रक्सौल पुगेर अपहरणको नाटक गर्ने २ जना पक्राउ

१६ साउन, काठमाडौं । अपहरणमा परेको नाटक गर्ने २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पर्सा विन्दवासिनी गाउँपालिका-४ मधुवलका २३ वर्षीय उपनेस चौरसिया र २१ वर्षीय सनुप दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

उपनेसले मंगलबार भारतको रक्सौलस्थित श्याम इन्टरनेशनल होटलमा बसी सनुपलाई वीरगञ्ज पठाएर अपहरण भएको हल्ला फैलाएको प्रहरीले बताएको छ ।

उपनेससँग उनका गाउँकै साथीहरु उत्तम भन्ने निरंजन तिवारी र एजाजुल मियाँसमेत रक्सौल पुगेका थिए । उनीहरु होटेलको कोठा नम्बर ५ मा बसेका थिए । र, त्यहीबाट उपनेसले सनुपलाई बोलाएर अपहरणमा परेको नाटकको योजना बनाएको प्रहरीको जनाएको छ ।

अपहरणको नाटकबारे उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment