Comments Add Comment

‘क्यालेन्डर’ निर्माणमा राष्ट्र बैंक चुक्यो : नरबहादुर थापा

Photo Credit : Chandra Bahadur Ale/Onlinekhabar

१६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र बैंकको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट एक महिना मात्रै अवकाश थापाले मौद्रिक नीति सार्वजनिक गर्ने मिति तय गर्न राष्ट्र बैंक चुकेको बताए ।

वर्षमा एक पटक मौद्रिक नीति सार्वजनिक हुने गरेको छ भने त्रैयमासिक रुपमा मौद्रिक नीतिको समीक्षा हुँदै आएको छ । यी कामहरु कुन मितिमा गर्ने भन्ने क्यालेन्डर बनाउन राष्ट्र बैंक चुकेको थापाले बताए । बुधबार राधजानीमा आयोजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘क्यालेन्डर बनाएर मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा राष्ट्र बैंक चुकेको छ ।’

अवकाश हुनु अघि थापा लामो समय राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको रुपमा काम गरेका थिए । उनी आफै विभागीय प्रमुख हुँदा पनि क्यालेन्डर बनाउन सकेका थिएनन् । यद्यपि, मौद्रिक नीति आर्थिक वृद्धिदरमा सहयोग पुग्ने किसिमको आएको उनले बताए । निजी क्षेत्रले असन्तुष्टि जनाउनु आवश्यक नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment