Comments Add Comment

‘मारुनी’को फस्टलुकमा साम्राज्ञी र पुष्पको फरक गेटअप

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को पोष्टर सार्वजनिक भएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको फस्टलुकमा ३ मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार रेविका गुरुङ अटाएका छन् । चलचित्रको फस्टलुक हेर्दा पनि दर्शकलाई उत्सकुता बढेर जान्छ ।

नवल नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्रको सार्वजनिक भैसकेका २ गीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । चलचित्रको फस्टलुक हेर्दा पनि यसको कथावस्तुको बारेमा दर्शकलाई अड्कल लगाउन सहज देखिएको छैन । निर्देशक नवल नेपालले चलचित्रको सारांश केही दिनमा सार्वजनिक हुने ट्रेलरमा खुल्ने बताए ।

करिब १ बर्षपछि नायिका शाहको चलचित्र बजारमा आउन लागेकाले पनि दर्शकमा चलचित्रप्रतिको उत्सुकता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment