Comments Add Comment

स्वस्तिमा र निश्चल ‘आर्दश जोडी’बाट सम्मानित

नायिका स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई ‘आर्दश जोडी’को रुपमा सम्मानित गरिएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा आर्दश जोडीको रुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यी दुइलाई सम्मानित गरिएको हो । ‘तीज माइती मेला तथा सम्मान २०७६’मा पुगेका निश्चल र स्वस्तिमालाई आयोजकले फूलको गुच्छा अर्पण गर्दै स्वागत गरेको थियो ।

ललित ब्यूटिसियन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा आयोजना भएको कार्यक्रममा निश्चल र स्वस्तिमा सम्मानित भएका हुन् । यो कार्यक्रम बिहिबारदेखि शनिबारसम्म चल्नेछ । कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले सम्मानका लागि धन्यवाद दिइन् । निर्देशक निश्चल बस्नेतले भने–‘हामीलाई थाहा छैन, हामी यसका लागि लायक छौ या छैनौ, तर सम्मान गरिदिनुभएकोमा धन्यवाद ।’

निश्चल र स्वस्तिमाले केही बर्ष अगाडि बिहे गरेका थिए । निश्चल र स्वस्तिमाको जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment