Comments Add Comment

सागका लागि कुमुतेको प्रारम्भिक टोली घोषणा

१६ साउन, काठमाडाैं । नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुतेतर्फ पहिलो चरणको खेलाडी छनोट बिहीबार सम्पन्न गरेको छ ।

सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् । पुरुषतर्फ बिनोद शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् ।

यस्तै महिलातर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।

पुराना तथा साग पदकधारी खेलाडीहरु अमृता शाक्य, बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन् ।

करातेको टिम कुमुतेमा पुरुषतर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहनेछ । पहिलो चरणमा पुरुषतर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्नबाट बन्चित भए ।

यस्तै महिलातर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्री संयोजक कपालीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment