Comments Add Comment

एथ्लेटिको मड्रिडसँग हार्‍यो एमएलएस अल स्टार

१६ साउन, काठमाडौं । जोआओ फिलिक्सको गोलसँगै एथ्लेटिको मड्रिडले एमएलएस अल स्टारलाई ३–० गोल अन्तरले हराएको छ ।

फ्लोरिडाको ओलान्डोमा भएको खेलमा एमएलएस टिमबाट वायन रुनी, जाल्टन इब्राहिमोभिच र लिगका सर्वाधिक गोलकर्ता कोर्लोस भेला खेलेका थिए ।

एथ्लेटिकोका लागि मार्कोस लोरेन्टेसँगै यसै सिजन ११३ मिलियन पाउण्डमा एथ्लेटिको मड्रिड गएका फिलिक्ससँगै डिएगो कोष्टाले गोल गरे ।

यो एमएलएस अलस्टारको १८ औं संस्करणको खेल हो, जुन भारी वर्षाका कारण ४ मिनेट ढिला मात्र सुरु भएको थियो । सुरुवाती ३० मिनेट मेदानमा विताएका इब्राहिमोभिचले मुश्किलले बल छोएका थिए भने रुनी पहिलो हाफमा सब्सिच्युट भए । डिएगो रोसीले गोलको राम्रो प्रयास गरेका थिए तर एथ्लेटिकोका गोलकिपरले असफल पारे ।

एमएलए अल स्टारले २०१५ मा टोटनह्यामलाई २–१ ले हराएको थियो । त्यसयता चार सिजन हार व्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment