Comments Add Comment

विराटनगरमा बन्यो खारजी ग्रीन पार्क

१६ असार, विराटनगर । विराटनगर महानगरपालिका ४ मा खारजी ग्रीन पार्ककोे उद्घाटन गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच महानगरका मेयर भीम पराजुलीले ग्रीन पार्कको उद्घाटन गरेका हुन् । खारजी सडकको बीच भागमा २ कठ्ठा क्षेत्रफलमा बनेको पार्कमा दुई आरामस्थल सहितको पार्क निर्माण गरिएको छ ।

पार्कलाई हरियाली बनाउन विभिन्न प्रकारका विरुवाहरु लगाएका छन् । पार्कलाई महानगरले नमुना पार्कको रुपमा लिएको छ । पार्क कालिका कन्ट्रक्सनले विराटनगर महानगरको समन्वयमा बनाएको हो ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरका १९ वटै वडामा एक पार्क निर्माणको योजना महानगरपालिकाले बनाएको बताए । शहरको सौन्दर्य बढाउने यसखाले पार्क निर्माणमा महानगर जुटेको मेयर पराजुलीको भनाइ छ ।

सघन शहरी विकास कार्यक्रम डियू डीबीसी विराटनगर प्रोजेक्ट अन्तर्गत कालिका कष्ट्रक्सनले ७९ करोड ६१ लाख ५१ हजार ५ सय १४ रुपैयाँमा लागतमा एउटा पार्क, १६ किलोमिटर कालोपत्रेसहित ३२ किलोमिटर आरसीसी ड्रेन निर्माण गरेको थियो । त्यसैगरी ४ सय ४० वटा सोलार जडान गरिएको छ ।

महानगरले सम्झौताको समयअघि नै २ सय ५ दिन अघि काम सकेको भन्दै कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाईलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment